Header Ads Widget

सबै पालिकाका लागि रोजगार सहायक पदमा दरखास्त आह्वान

काठमाण्डौ – देशभरका सबै ७ सय ५३ वटा पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार सहायक पदमा पदपूर्तिका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले दरखास्त आह्वान गरेको छ ।

हरेक गाउँपालिका र नगरपालिकामा खुला प्रतिस्पर्धाबाट करारमा एक÷एक जना रोजगार सहायक पदका लागि विज्ञापन गरिएको हो । स्थानीय सेवाको सहायक पाँचौँ तहमा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमले निकालेको सूचनामा उल्लेख छ ।

सबै पालिकाका लागि रोजगार सहायक पदमा दरखास्त आह्वान


Post a Comment

0 Comments